२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ – मन्त्री शर्मा(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताउनु भयो । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन । त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन । उहाँहरुले सरकार छोड्नुभयो, उहाँहरुको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा पनि फेरि थप छलफल गर्ने, त्यसमा हाम्रो गठबन्धन पनि छ, त्यसको सञ्चालन संयन्त्र पनि छ । त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढंगले नै हल गर्नुपर्छ, प्रधानमन्त्रीज्युले बाहिर सार्वजनिक रुपमा पनि बोल्नुभएको छ की हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरुलाई पनि फेरि सरकारमा सहभागि गराउनको निम्ति प्रयत्नशील छौँ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार संकटमा परेको छैन ।’

मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर बिरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषिजन्य पदार्थको कुरा छ, चितवन र विराटनगरको कुरा गर्नुभयो । आजको छलफलमा पनि यो कुरा उठेको छ ।

कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहेका छौँ, तर त्यसको बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या भएको छ भन्नेछ । उत्पादक र उपभोक्ताको बीचमा जुन ग्याप छ, त्यसलाई हटाएर तरकारी बजारलाई व्यवस्थित गरेर जानुपर्छ भन्नेकुरा भएको छ, त्यसलाई हामीले बजार भाउ तोक्ने कुरा र उपभोक्ता र उत्पादकबीचको सम्बन्ध छ, त्यसलाई ठिक ढंगले उपभोक्ताले पनि र उत्पादक किसानलाई पनि मर्का नपरी बीचमा रहेका विक्रेताहरुलाई लाइसेन्सको व्यवस्था गर्ने भन्ने छलफल भएको छ । त्यसको लागि आवश्यक निर्णय गर्छौं ।’

मन्त्री शर्माले ५ दिनसम्म प्रतिनिधि सभा अन्तर्गतका समिति बनिसक्ने बताउनु भयो । उहाँले समितिहरु निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरु पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समितिहरु निर्माण गरेर विधेयहरु पास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यक्ता सरकारले औंल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा बिजनेस दिने काम सरकारको हो । संसदलाई सक्रिय बनाउने, प्रभावकारी बनाउने काममा सरकारको मुख्य भुमिका हुन्छ । तर ति भुमिका हुँदाहुँदै पनि अघिल्लो पटक संसदमा पेस भएका कतिपय राष्ट्रिय सभामा पेस भएका त जीवित रहने भए, तर प्रतिनिधि सभामा पेस भएका विधेयकहरु प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि ती स्वतः निस्क्रिय भएर गएर नयाँ रुपमा प्रश्तुत गर्नुपर्ने भयो । नयाँ रुपमा प्रश्तुत गर्दाखेरि सरकारको पूर्णताको काम पनि थोरै ढिला भयो । त्यस कारणले केही विधेयकहरु मन्त्रीपरिषद्मा पनि यसबारेमा चर्चा भएको छ ।

प्रधानमन्त्रीज्युले संसदमा विधेयक पेस गरिनुपर्ने र छलफल हुँदै गर्छन् भन्ने निर्देशन दिनुभएको थियो । केही विधेयकहरु प्रतिनिधि सभाबाट सिधै पास गर्न सकिन्छ, केही विधेयकहरु समितिमा जान्छन् । ४/५ दिन भित्रमा समिति पनि बनिसक्छन्, प्रतिनिधि सभाको सचिवालयसँग छलफल पनि भएको छ । हिजो प्रश्तुत गरिएका र सरकारले फिर्ता लिएका दुईखाले विधेयकहरु छन्, संघीय निजामति सेवा ऐन विधेयक असाध्यै महत्वपूर्ण विधेयक हो । त्यो विधेयक पास नहुँदा धेरै अफ्ठ्यारा भएका छन् । नागरिकता विधेयक राष्ट्रपतिज्युकोमा छ, अब त्यसलाई अघि बढाउनुपर्ने अवस्था छ । सरकारले विधेयक दिनै नसकेको भन्ने होइन, ढिलाइ भएको छ ।’

मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पार्नुभयो ।