२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैतीदेवी प्रहरी विटमा महानगरपालिकाको डोजर चल्यो



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले प्रहरी बिटमा डोजर चलाएको हो । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको जानकारी दिए ।

यद्यपि, मैतीदेवि प्रहरी बिटको कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएपछि महानगरले डोजर चलाएको हो ।