२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर पक्षधर नेविसंघको भेलामा देउवा पक्षले गर्यो हमला



अ+ अ-

काठमाडौँ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापक पक्षका विद्यार्थी आएर अवरोध गर्दा झडप भएको हो । विद्यार्थीहरुबीच ढुंगामुढासमेत भएको बताइएको छ ।

स्ववियु निर्वाचनबारे सुझाव संकलन गर्न आयोजना गरिएको छलफल कार्यक्रममा संस्थापन पक्षको दुजाङ शेर्पा आफैँ आएर कार्यक्रम भाँडेको शेखर समूहका विद्यार्थीहरुले बताएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पासहित आएका विद्यार्थीहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेको शेखर समूहका विद्यार्थीहरुले आरोप लगाएका छन् । क्याम्पसमा अहिले प्रहरी परिचालन गरिएको जनाइएको छ ।