१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर पक्षधर नेविसंघको भेलामा देउवा पक्षले गर्यो हमला



अ+ अ-

काठमाडौँ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापक पक्षका विद्यार्थी आएर अवरोध गर्दा झडप भएको हो । विद्यार्थीहरुबीच ढुंगामुढासमेत भएको बताइएको छ ।

स्ववियु निर्वाचनबारे सुझाव संकलन गर्न आयोजना गरिएको छलफल कार्यक्रममा संस्थापन पक्षको दुजाङ शेर्पा आफैँ आएर कार्यक्रम भाँडेको शेखर समूहका विद्यार्थीहरुले बताएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पासहित आएका विद्यार्थीहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेको शेखर समूहका विद्यार्थीहरुले आरोप लगाएका छन् । क्याम्पसमा अहिले प्रहरी परिचालन गरिएको जनाइएको छ ।