९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एकताको भाका आज



अ+ अ-

काठमाडौं । एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ।  कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुन्छ’, नेता नेम्बाङले भने।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले सहमतिको अन्तिम बिन्दुमा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने बताए। ‘विभिन्न विषयवस्तुमा छलफल गर्‍यौं। अब अन्तिम बिन्दुमा छौं’, नेता रावलले भने, ‘छिट्टै निष्कर्षमा पुर्७शधवसयाउँछौं।’  कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार अन्तिम निष्कर्षमा पुग्ने बताए। नेता विष्टले भने, ‘आइतबारका दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ।’

नेता नेम्बाङले मिल्न बाँकी भाषागत विषयसमेत मिलिसकेको बताए। तीन वर्षदेखिको विवाद मिलाउन धेरै मिहिनेत गरेको नेता नेम्बाङको भनाइ छ। ‘तीन वर्षदेखि विवाद थियो। यत्रो विवादमार्फत हामी यहाँ आइपुगेका छौं’, नेता नेम्बाङले भने, ‘सबै विषय टुंग्याएका छौं। भाषा पनि मिलिसकेको छ।’

एकता दस्तावेजको भाषा मिलाउन कार्यदललाई हम्मेहम्मे भएको छ। सहमतिका भाषा मिलाउन नै कार्यदलले निक्कै कसरत गर्नुपरेको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।