२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।
सो पार्टीको आईतवार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रित हुने बताउनु भयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि स्थानीय पार्टी कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं । फागुन महिनामा जिल्लाहरुले गर्दै, त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठ महिनासम्म पुग्दा प्रदेशको कमिटीहरुले आफ्नो कमिटी गठन पुनर्गठन गरिसक्नेछन । आउँदो अर्को वर्षको फागुन भित्रमा हामी पार्टीको राष्ट्रिय महाधिवेशन गर्छौैं भन्ने हामीले कार्ययोजना दिएका छौं । र, सम्पूर्ण ध्यान अब त्यतातिर दिने भन्ने पार्टीले आम धारणा बनाइसकेको छ ।

अहिले निर्णयमा हामी यही कुराहरुलाई अगाडि सार्नेछौं । देशको बामपन्थी आन्दोलनलाई एकजुट बनाउनको निम्ति हामीले पहलकदमी गर्नुपर्ने, अगुवाई गर्नुपर्ने, हामीले नगरे अरुले गर्नसक्ने परिस्थिति नरहेको तर हामीसँगै हिँडन खोजिरहेको वातावरण हामीले देखेका छौं । त्यसकारण एउटा असल कम्युनिष्ट पार्टीको नाताले वामपन्थी शक्तिहरुलाई जुटाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ । यो दिशामा जनुपर्छ भन्ने दिशामा हामी अघि बढ्दैछौं । संविधान र राष्ट्रको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेका छौं ।’

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताउनु भयो । बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।