९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेल क्षेत्र अझै सुनसान



अ+ अ-

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् ।

पर्यटक आए मात्र चल्ने ठमेलको व्यवसायमा दिनको समय केही साना होटेलले टेकअवे सेवा दिइरहेको भए पनि रात्रिकालीन व्यवसाय शून्य नै रहेको छ । यसअघि ठमेल क्षेत्रमा सामान्य अवस्थामा पर्यटक आउने सिजनको बेला दैनिक करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने गथ्र्यो भने अफ सिजनमा दैनिक १० करोड रुपैयाँ जतिको कारोबार हुने गर्थ्यो ।

नेपालमा कोरोना महामारी शुरू भएयता व्यापारमा गिरावट आएसँगै अहिलेको यस्तो अवस्थाले यस क्षेत्रका अधिकांश व्यापारी पलायनको बाटोमा पुगेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार गतवर्ष पनि महामारीका कारण व्यवसाय पूर्णरूपमा ठप्प हुँदा घरभाडा, बिजुलीको बिल र बैंकको ऋण तथा ब्याज तिर्नै मुस्किल भएपछि यस क्षेत्रका करीब ७ सयभन्दा बढी व्यापारीहरूले आफूले गर्दै आएको व्यापार व्यवसाय छाडेका थिए ।

ठमेल, पकनाजोल, क्षेत्रपाटी, कालधारा, नरदेवीलगायतका स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यावसायी रहेका छन् । यो समाचार आजको आर्थिक अभिायन दैनिकमा छ ।