६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस



अ+ अ-

काठमाडौं । नेपाली  काँग्रेसको  आसन्न  केन्द्रीय  महाधिवेशनमा  सभापतिका  आकाङ्क्षी  बढेपछि  त्यसलाई  व्यवस्थापन  गर्न  पार्टीभित्रका  समूहलाई  सकस  पर्दै  गएको  छ  ।  पार्टी  सभापति  शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता  रामचन्द्र  पौडेल  समूहलाई  १४ औँ  महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा  एक  जना  उम्मेदवार  बनाउन  चुनौती चुलिँदै गएको छ । 

विगतमा  आफ्नो  समूहभित्र  एकल  नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक  उपसभापति  विमलेन्द्र  निधिले  संस्थापन  समूहभित्रै  चुनौती  दिँदै  देउवालाई  नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा  देउवा  आफ्नो  समूहका  सर्वसम्मत  उम्मेदवार  हुँदा  पहिलो  चरणमा  विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए  । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो  र  दोस्रो  स्पर्धीबीच  अर्को  चरणको  निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो  स्पर्धामा  तेस्रो  हुनुभएका  कृष्णप्रसाद  सिटौलाले  दोस्रो  चरणमा  देउवालाई  समर्थन  गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको  नेतृत्व  गर्नुभएका  वरिष्ठ  नेता  पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको  छ  ।  यसअघि  पौडेललाई  नेता मानेका नेता डा. शशाङ्क कोइराला, प्रकाशमान  सिंहले  यसपटक  पौडेल  नभई  आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक  शेखर  कोइराला,  सुजाता  कोइराला,  रामशरण  महत,  अर्जुननरसिंह  केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो  समूहभित्र  ुलबिङ’  सुरु  गरेपछि  समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।