३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले बोल्दाबोल्दै रामहरि खतिवडाको नियमापत्ति



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्दै गर्दा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गर्नुभएको छ ।

बैठकमा अध्यक्ष ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराउँदा सांसद खतिवडाले प्रतिनिधिसभा नियमावललीको नियम २६ अनुसार नियमापत्ति गर्नुभयो । ओलीले न्यूनतम साझा कार्यक्रमबारे प्रतिनिधिसभा बैठकमा बोल्न नपाउने उहाँको भनाइ थियो ।

“पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुन नगरियोस्”, उहाँले भन्नुभयो ।

त्यसपछि ओलीले खतिवडामाथि व्यङ्ग्य गर्दै यसअघि पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीभन्दा अगाडि बोल्न पाऊँ भनेर सदन नै अवरुद्ध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।”