२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न अनुचित साँठगाँठले राजनीति आक्रान्त भयो– ओली(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न किसिमका अनुचित साँठगाँठहरुले राजनीति आक्रान्त भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उहाँले मुलुकले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको भन्दै यस्ता अस्थिरता रोक्न सत्ता साझेदार दल एकमत भए पनि अनुचित साँठगाँठ बढिरहेको टिप्पणी गर्नुभयो ।

नेपालमा २००७ सालमा प्रजातन्त्र आएदेखि अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको पूर्णकाल सरकार चलाउन नपाएको उल्लेख गर्दै नयाँ संविधान बनेपछि त्यस्तो अवस्था अन्त्य होला भन्ने अपेक्षाविपरीत अहिले पनि उही अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।”

अध्यक्ष ओलीले नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि राजनीतिक दलका नेताहरु मिलेर आत्मविश्वास र निडरताका साथ संकल्प गर्न आग्रह गर्नुभयो ।




भर्खरै