१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई प्रचण्डको जवाफ– अहिले तपाईंलाई केही दिन सक्दिन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई हाललाई गृह मन्त्रालय दिन नसकिने बताउनुभएको छ ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट्न बालुवाटार पुग्नुभएका लामिछानेलाई अहिले नै मन्त्री बनाउन नसकिने जवाफ दिनुभएको बालुवाटार स्रोतले बताएको छ ।

नागरिकता मुद्दा किनारा लागे पनि दोहोरो राहदानी लिएको विवाद बाँकी नै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्री बनाउन नसकिने बताउनुभएपछि लामिछाने निराश भएर फर्किनुभएको बताइएको छ ।