• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

प्रतितोला दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रवार पनि छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम रहेको छ ।