१० श्रावण २०८३, आईतवार
,
Latest
सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा पिएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पिएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर पिएसजीले जित निकालेको हो ।

खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पिएसजीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै २२ खेलमा ५४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा यथावत छ । टुलुस २९ अंकसहित १२ औं स्थानमा रहेको छ ।