१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा पिएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पिएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर पिएसजीले जित निकालेको हो ।

खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बोमेनले गोल गर्दै टुलुसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा अच्राफ हाकिमीले गोल गर्दै पिएसजीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै २२ खेलमा ५४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा यथावत छ । टुलुस २९ अंकसहित १२ औं स्थानमा रहेको छ ।