
पोखरा । गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
मन्त्रीद्वयले आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन ।
यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आएका थिए भने अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिँदै आएका थिए । यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ ।