१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा विद्यालय भवनको उद्घाटन



अ+ अ-

चौतारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको जुगलगाउँपालिका– ५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नबनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो । सो समारोहमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो ।

नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ ।