१० श्रावण २०८३, आईतवार
,
Latest
भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम कार्यकर्ताको भावना बोकेर राष्ट्रपतिमा लड्न चाहन्छुः काँग्रेस गण्डकी सभापति शर्मा



अ+ अ-

काठमाडौं। नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी पङ्क्तिले जिम्मेवारी दिए राष्ट्रपतिमा जित्ने गरि लड्न आफू तयार भएको बताएका छन्। शुक्रबार बिहान सोल्टीमोड स्थित आफ्नै निवासमा काँग्रेस नेताहरुसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्।

छलफलमा सहभागी नेताहरुले राष्ट्रपतिमा स्वच्छ छवि भएको नेतृत्व अपरिहार्य भएकोले काँग्रेसका पुराना नेता शर्मालाई अघि बढ्न आग्रह गरेका थिए। उक्त आग्रह पछि शर्माले त्यस कुरालाई आफूले गम्भिरता साथ लिएको बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

शर्माले भनाई उधृत गर्दै उनले भने, ‘साथीहरुले आग्रह गरिरहनु भएको छ। म सत्तामा कहिल्यै नभए पनि आम कार्यकर्ताको विश्वास म मा अझैँ छ। पार्टी पङ्क्तिले पनि शुक्रराज दाइ अघि बढ्नुस् भने नाइ भन्ने कुरा हुँदैन। ५४ वर्षको राजनितिक इतिहासको सुखद अन्त्य हुन्छ। सबैको सहयोग भए म उभिन्छु। काँग्रेसलाई जिताउन हिड्छु।’

संसदीय निर्वाचनमा जहिल्यै जीत विहिन भएका शुक्रराज काँग्रेसको अघिल्लो पुस्तामा सत्ता यात्रा नगरेका एक मात्र नेताका रुपमा चिनिन्छन्।