११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

हेइटीका हत्या गरिएका राष्ट्रपतिकी श्रीमती भन्छिन् ‘भाडाका सैनिक प्रयोग गरेर मेरा श्रीमान्‌को ज्यान लिइयो’

हेइटीका हत्या गरिएका राष्ट्रपतिकी श्रीमती भन्छिन् ‘भाडाका सैनिक प्रयोग गरेर मेरा श्रीमान्‌को ज्यान लिइयो’
अ अ+ अ-

काठमाडौं । निजी निवासमा हत्या गरिएका हेइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमतीले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उनको ज्यान लिएको बताएकी छन्।

उनले आफ्ना श्रीमान्‌ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताइन्। सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उनले हेइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन्।

बुधवार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा मार्टीन मोइज पनि घाइते भएकी थिइन्। उनलाई उद्धार गरेर उपचारका लागि अमेरिकाको मायामी लगिएको छ।

राष्ट्रपति मोइजको हत्याले हेइटीमा सत्ताको नेतृत्वलाई लिएर विवाद निम्त्याएको छ। राष्ट्रपतीय निर्वाचन र देशको नयाँ संविधान लेख्ने विषयलाई लिएर सेप्टेम्बर महिनामा जनमतसङ्ग्रह आह्वान गरिएको छ।

प्रथम महिला मोजेले आक्रमण एकदमै द्रुत हिसाबले गरिएका हुनाले आफ्ना श्रीमान् जोभनेलले ुएक शब्द पनि उच्चारण गर्न नसकेकोु बताइन्। जुलाई ७ मा भएको २८ जना विदेशी भाडाका हमलाकारीहरूले गरेको भनिएको आक्रमणमा राष्ट्रपति मोइज मारिएका थिए।

ट्विटरमा श्रीमती मोइजले राखेको अडिओ सन्देशमा भनिएको छ, "आँखा झिमिक्क गर्न नपाउँदै भाडाका विदेशी हमलाकारी मेरो घरमा प्रवेश गरे र मेरा श्रीमान्‌लाई गोलीले क्षतविक्षत बनाए।"

"यो घटनाको कुनै नाम छैन किनभने जोभनेल मोइज जस्ता राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिइकन त्यसरी हत्या गर्ने सीमाविहीन खालको अपराधी हुनुपर्छ।" उनले राष्ट्रपतिको सपना चकनाचुर पार्न हत्या गरिएको भन्दै आफ्नो श्रीमान्‌को रगतलाई खेर जान नदिने बताइन्।

५३ वर्षका मोइज सन् २०१७ देखि अमेरिकाको सबैभन्दा गरिबमध्येको देश हेइटीका राष्ट्रपति थिए। भ्रष्टाचारको आरोपको सामना गर्नु परेको र राजधानीसहित देशका विभिन्न सहरहरूमा यसै वर्षको सुरुमा प्रदर्शनहरू भइरहेकाले उनको कार्यकाल विवादमुक्त भने थिएन।

सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भएपनि विवादहरूका कारण त्यसमा विलम्ब भइरहेको थियो र उनले उर्दीका भरमा शासन चलाइरहेका थिए। प्रस्तावित संवैधानिक परिवर्तनका लागि उनले सेप्टेम्बरमा जनमतसङ्ग्रह गराउने योजना गरेका थिए।

अनुसन्धानमा के प्रगति भएको छ ?
फेब्रुअरीमा विपक्षी दलहरूले उनले राजीनामा दिनुपर्ने बताएकै दिन मोइजले आफ्नो हत्या गर्ने र सरकार ढाल्ने योजना विफल बनाइदिएको बताएका थिए। बुधवारको हत्याको जिम्मेवार र कारण अझै प्रस्ट भइसकेको छैन। आरोपित हमलाकारीहरू उनको निवासमा कसरी प्रवेश गरे सहितका कैयौँ प्रश्न उठेका छन्।

मोइजका सुरक्षागार्डहरूलाई आगामी हप्ता यसबारेमा प्रश्न गरिँदैछ। हेइटीको प्रहरीले अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुई जना संयुक्त अमेरिकी नागरिकता भएका व्यक्ति रहेको जनाएको छ।

आक्रमणकारीका रूपमा आरोपितमध्ये १७ जनालाई राजधानी पोर्ट-अ-प्रिन्सबाट पक्राउ गरिएको छ। तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको बताइएको छ र आठ जना अझै फरार छन्।

कोलम्बियाको सरकारले हेइटीलाई उसको अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएको छ। कोलम्बियाको प्रहरीका निर्देशकले १७ जना पूर्व कोलम्बीयाली सैनिक संलग्न भएको आशङ्का गरिएको जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयले आफ्ना कुनै पनि नागरिक थुनामा रहेको भन्ने प्रमाणित गर्न नसक्ने जनाएको छ।

तर अमेरिकी र क्यानडाली सञ्चारमाध्यमहरूले दोहोरो नागरिकता भएका एक जना व्यक्ति पक्राउ परेको र उनी फ्लोरिडाका भएको उल्लेख गरेका छन्। ती व्यक्ति हेइटीस्थित क्यानडाको दूतावासको पूर्व सुरक्षाकर्मी भएको बताइएको छ। (बीबीसी)

यो पनि पढ्नुहोस् : 

हाइटी राष्ट्रपति हत्याकाण्डः १७ जना पक्राउ, कोलम्बियन र २ अमेरिकीमूलका व्यक्तिको संलग्नता

 हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या