३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्ध शंख फुकेर विरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन र अखिल(छैठौँ) ले आइतबार प्रतिगमन, पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि, भ्रष्टाचार र कुशासनका विरुद्धमा आइतबार माइतीघरमा भेला भई शंखफुकी विरोध जुलुस निकालेका हुन् ।

विद्यार्थीहरुले शंख फुक्दै विरोध जनाएका थिए भने हाम्रो आन्दोलन जारी छ, मण्डलेहरु होशियार, तानाशाही केपी ओली मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद लगायतका नारावाजी समेत गरेका थिए ।