३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटका पूर्व कप्तान पारसले उदघाटन गरे क्रिकसल प्रशिक्षण केन्द्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गर्नुभएको छ ।

प्रशिक्षण स्थलको उद्घाटन गर्दै पूर्व कप्तान खड्काले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुल बीच सहकार्य गर्ने घोषणा गर्नुभयो ।

पूर्व कप्तान खड्का सहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगन्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् ।

उदघाटनका अवसरमा खड्काले भन्नुभयो, हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि ईमान्दारिता र लगनशिलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौ ।

एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधासम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताउनु्भयो ।