१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र रवि लामिछानेबीच आज पनि भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान भएको भेटमा गृहमन्त्रालयबारे कुरा भएको बुझिन्छ ।

सर्वोच्च अदालतको आदेशपछि रविले गृह मन्त्रालयबाट बाहिरिएसँगै सत्ता गठबन्धनमा खटपट देखिएको छ । उनले पुनः गृहमन्त्रालयमा दावि गरिरहेका छन् ।

गठबन्धनमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली रविलाई गृहमा ल्याउन सकारात्मक देखिन्छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने गृह आफ्नै पार्टी (माओबादी केन्द्र) सँग राख्न खोजिरहेका छन् ।