३१ भाद्र २०८३, बुधबार
,
Latest
दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकी र आरभको जोडी सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे । भारतका स्मिट निलेशभाइ पटेल र देबासिश साहु, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल तथा भारतका सेहजसिंह पवार र प्रत्यशको जोडी पनि सेमिफाइनलमा पुगे ।

गल्र्स डबल्समा बेल्जियमकी क्यामिले फिसेट र हङकङकी लिङ छुन वोङ, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीले सेमिफाइनलमा स्थान बनाए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका देबासिश साहु, हङकङका होङ क्यु लाउ, भारतका वंश नन्दल, भियतनामका फाम ला होङ, भारतका प्रत्यश, भियतनामका नक लाम काउ, ताइपेईंका काइ इन याङ र भारतका सेहजसिंह पवारले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

महिला सिंगल्समा भारतकी साइ जान्भी, भारतकी तमन्ना तकोरिया, रुसकी मिलिना शुब्खानकुलोभा, बेल्जियमकी क्यामिले फिसेट, हङकङकी जान लिङ छुन वोङ, मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभ तथा भारतकी सौम्य रोन्डे क्वाटरफाइनलमा पुगे ।