५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौँ । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी हुने छन् । खेल लिग कम नकआउट पद्धतिमा हुनेछ ।

संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।