२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मदाह प्रयास गरेका जिसीलाई थप उपचारको लागि पोखरा पठाइयो



अ+ अ-

काठमाडौँ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका शेरबहादुर जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको हो ।

बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाउँदै गर्दा छिमेकीले जोगाएका थिए । जिसीको अनुहार लगायत विभिन्न अंगमा जलेको बताइएको छ ।

आत्मदाहको कारणबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।