८ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’ जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा एक पुरुषले गरे पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाउँदै गर्दा छिमेकीले जोगाएका थिए । जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको बताइएको छ ।

उनलाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गर्न थालिएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।