२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले रास्वपा खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने मागसहित युवराज निर्वाचन आयोग गएका हुन् ।

‘रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पाटीले उप प्रधानमन्त्री एवं गृह मन्त्रालय पाएको र सो पार्टीका सभापति विमले सो जिम्मेवारी सम्हालेको कुरा सबैलाई अवगत नै छ सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाले निज रवि लामिछानेलाई अनागरिक करार गरेको तथ्य समेत स्थापित भएको छ उल्लेखित पद तथा जिम्मेवारी एउटा नेपाली नागरिक भएपछि मात्र प्राप्त हुने संवैधानिक व्यवस्था रहेको छ तसर्थ एउटा गैर नागरिक उप प्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उपदफा (ख) बमोजिमका राष्ट्रिय गोपनियता भंग हुने कार्य भएका छन् राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज भागी छ तत्काल खारेज गरी पाउँ ।’ निवेदनमा भनिएको छ ।

लामिछानेले गरेको निर्णयहरु अवैध हुने जिकिरसहित युवराजले तत्काल पार्टी खारेजको माग गरेका छन् ।