२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई गगनको प्रश्न– बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर बसेको हो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा  बोल्दै उनले साना किसानहरूले अप्रिय निर्णय गर्नुपूर्व नै समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि सरकारले नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्ति दिन माग गरे । उनले भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् । यी तीनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरू चलाएका छन् । बर्डफ्यू नियन्त्रण गर्नका लागि यी किसानहरूको कुखुरा फर्म नष्ट गरियो । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ दिँदैन । सरकार झुलाउँछ किनकी सरकरलाई भ्याईनभ्याई छ । तर, बैंकले अँठ्याउँछ।’

महामन्त्री थापाल सरकारले दिन्छु रकममा गरिव जनतालाई नझुलाई दिन आग्रह गरे । उनले भने, ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानबिन गर्न समिति गठन गर्ने हो कि ? सरकारले दिन्छु भनेको रकम यो प्रपञ्चबाट बाहिर आएर दियौं ।’