२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई गगनको प्रश्न– बैंकले अँठ्याएका साना किसानका अप्रिय निर्णय कुरेर बसेको हो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा  बोल्दै उनले साना किसानहरूले अप्रिय निर्णय गर्नुपूर्व नै समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले बर्डफ्ल्यू नियन्त्रण गर्नका लागि सरकारले नष्ट गरेको कुखुरा फर्मको क्षतिपूर्ति दिन माग गरे । उनले भने, ‘सयौंका संख्यामा साना किसानहरू कृषिमन्त्रालय धाइरहेका छन् । उनीहरू त्यहाँ पुग्छन्, रुन्छन् कराउँछन् । यी तीनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर साना साना कुखुरा फर्महरू चलाएका छन् । बर्डफ्यू नियन्त्रण गर्नका लागि यी किसानहरूको कुखुरा फर्म नष्ट गरियो । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ दिँदैन । सरकार झुलाउँछ किनकी सरकरलाई भ्याईनभ्याई छ । तर, बैंकले अँठ्याउँछ।’

महामन्त्री थापाल सरकारले दिन्छु रकममा गरिव जनतालाई नझुलाई दिन आग्रह गरे । उनले भने, ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ? अनि अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउँदै छानबिन गर्न समिति गठन गर्ने हो कि ? सरकारले दिन्छु भनेको रकम यो प्रपञ्चबाट बाहिर आएर दियौं ।’




भर्खरै