• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु ★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने

भारतीय बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने



भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा ७ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने घोषणा गर्नुभएको छ । तर सोभन्दा बढी आम्दानी भएमा सम्बन्धित कर स्ल्याबको दर लागू हुनेछ ।

यसबाहेक पुराना ७ वटा कर स्ल्याब घटाएर अहिले ५ बनाइएको छ । तर, नयाँ कर प्रणालीमा केही कमी रहेको बताइएको छ । ७ लाखसम्म आम्दानी नहुँदासम्म कर नतिर्ने भए पनि त्यसपछिको रकममा अन्योल छ । वास्तवमा वित्तमन्त्रीले आफ्नो सम्बोधनमा नयाँ कर प्रणालीमा ७ लाखसम्म कर नलाग्ने स्पष्ट पार्नुभएको छ तर उहाँले पुरानो कर प्रणालीलाई पनि कायम राख्नुभएको छ ।

पुरानो र नयाँ कर प्रणालीमा अहिलेसम्म ५ लाखसम्म कर तिर्नु नपर्ने वित्तमन्त्री सीतारमणले बताउनुभयो । नयाँ कर व्यवस्थामा यो छुट रु ५ लाखबाट बढाएर ७ लाख पुर्याइएको छ ।

नयाँ कर प्रणालीमा ७ लाखसम्म आम्दानी भएकाले शून्य कर तिर्नुपर्नेछ । यससँगै उहाँले पुरानो कर प्रणालीमा पनि परिवर्तनको घोषणा गर्नुभएको छ । पुरानो कर व्यवस्थामा दुई लाख ५० हजारको छुटलाई बढाएर तीन लाख पुर्याइएको छ ।