• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

क्यानले गर्यो सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडी वर्गीकरण: सन्दीपलाई समावेश गरिएन



काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)  ले छ महिनाको केन्द्रिय करारको लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले २०२३ को जनावरी देखि जुनसम्म छ महिनाको लागि १८ पुरुष र १२ महिला गरी ३० खेलाडीहरुको वर्गीकरण गरेको हो ।

क्यानको नयाँ ग्रेडिङमा पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड ‘बी’मा ३ र ग्रेड ‘सी’मा १० जना रहेका छन् । ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ‘बी’ ग्रेडमा झारिएको छ भने सन्दीप लामिछानेलाई समावेश गरिएको छैन ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् भने ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन्। यस्तै ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

यस्तै, क्यानले महिलातर्फ ग्रेड ‘ए’ र ग्रेड ‘बी’मा ३/३ जना राखेको छ भने ग्रेड ‘सी’मा ६ जना राखेको छ । ग्रेड ‘ए’मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । यस्तै, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।