२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० महिला फुटबल टोली बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली यू–२० राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको लागि बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको लागि नेपाली टोली ढाका प्रस्थान गरेका हुन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरुको बिदाइ गरेको थियो ।

फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रिती राईको कप्तानीमा च्याम्पियनसिप खेल्नेछ । नेपालले पहिलो खेल फेब्रुअरी ३ मा आयोजक बंगलादेशसँग खेल्नेछ । यस्तै, फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली: गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द