३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० महिला फुटबल टोली बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाली यू–२० राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको लागि बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको लागि नेपाली टोली ढाका प्रस्थान गरेका हुन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरुको बिदाइ गरेको थियो ।

फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रिती राईको कप्तानीमा च्याम्पियनसिप खेल्नेछ । नेपालले पहिलो खेल फेब्रुअरी ३ मा आयोजक बंगलादेशसँग खेल्नेछ । यस्तै, फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली: गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द