२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने भएको छ ।

पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको थियो । हिजो बसेको बोर्ड बैठकले एसीसीको प्रस्ताव स्विकार्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो । प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूह ‘ए’ मा युएई, कुवेत, कतार पनि रहेका छन् । समूह ‘बी’ मा भने ओमान, हङकङ, सिंगापुर, मलेसिया रहेको छ । यस कपको फाइनल विजेताले एसिया कप खेल्न पाउनेछ ।

एसिया कपको लागि छनोट भएको टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । घरेलु टोली नेपाललाई उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने राम्रो अवसर रहेको छ।

एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।