५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङलाई निषेध गरिएपछि सुनसान बन्यो दरबारमार्ग-फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेसँगै काठमाडौँको व्यस्तमध्येको स्थान दरबारमार्ग सुनसान हुन थालेको छ । कुनै बेला पार्किङका कारण पैदल हिँड्नसमेत समस्या हुने गरेको दरबारमार्ग अहिले सुनसान बनेको हो ।

मोटरसाइकल तथा गाडीको पार्किङ अस्तव्यस्त तरिकाले राखिने गरेको दरबारमार्गमा महानगरले अहिले ती सबै हटाइदिएको छ । महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।

त्यसैले पहिले पार्किङ खुला रहेको क्षेत्र बन्द गरिएपछि दरबारमार्ग क्षेत्रमा अहिले निजी गाडी, मोटरसाइकल लिएर किनमेल गर्न जानेहरुलाई समस्या हुनेगरेको छ ।

पाँच लेनको सडकमा दुईतर्फी दुई–दुई लेन सडक छाडेर एकतर्फ एक लेनमा पार्किङ राखिँदै आएको भन्दै दरबारमार्ग विकास बोर्डले सःशुल्क पार्किङ हटाउँदा व्यापारमा गम्भीर प्रभाव परेकाले आन्दोलन गर्ने घोषणा गरेको छ ।

बोर्डको पहलमा दरबारमार्ग क्षेत्रमा पार्किङ तथा ट्राफिक व्यवस्थापन चुस्त बनाउन निःशुल्क पार्किङको अवधारणा ल्याइएकोमा विगत चार वर्षदेखि महानगरबाटै ठेक्का लगाएर शुल्क उठाउँदै आएको थियो।

फोटो – न्यूजपोलार