१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको ओली र लिङ्देनसँग भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला प्रचण्डले बालुवाटारमा ओली र लिङ्देनलाई पालैपालो भेट गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएसँगै सत्ता गठबन्धनमा खटपट देखिएको छ । रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालयमा दावि गरिरहेका छन् । सोहि क्रममा हिजो मात्रै लामिछानेले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

यता, प्रधानमन्त्री प्रचण्डले भने गृह आफ्नै पार्टी (माओबादी केन्द्र) सँग राख्न खोजिरहेका छन् ।