• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

लोकदोहारी प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की



गण्डकी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको अध्यक्षमा लोकगायक राजन कार्की निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार पूर्ण परियारलाई पाँच मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद कोइरालाका अनुसार समितिको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक र सचिवमा रामजी पौडेल निर्वाचित भएका छन् ।

यस्तै महिला सचिवमा ज्योति लोहोनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, सहसचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा होम गुरुङ तथा महिला सदस्यमा मधु चापागाईं, टौसेवा गुरुङ, सुनिता नेपाली र सपना परियार चयन भएका छन् ।

भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, लमजुङबाट टसबहादुर गुरुङ, तनहुँबाट विष्णु पराजुली, बागलुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाईं, नवलपुरबाट विष्णुकुमार वाग्ले, पर्वतबाट सरस्वती लामिछाने र गोरखाबाट विकास नेपाली सदस्यमा चयन भएका छन् ।

यस्तै खुला सदस्यमा प्रकाश बराल, सन्दीप परियार, कृष्ण गैरे, टेक क्षत्री, विक्रम गुरुङ, धिरन थापा र ज्ञानेश्वर सुवेदी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले लोक सङ्गीतको उत्थान र कलाकारको हितमा आफू सक्रिय रहने बताए । समितिको कार्यकाल तीन वर्षको हुन्छ । रासस