१० श्रावण २०८३, आईतवार
,
Latest
निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकदोहारी प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की



अ+ अ-

गण्डकी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको अध्यक्षमा लोकगायक राजन कार्की निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार पूर्ण परियारलाई पाँच मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद कोइरालाका अनुसार समितिको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक र सचिवमा रामजी पौडेल निर्वाचित भएका छन् ।

यस्तै महिला सचिवमा ज्योति लोहोनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, सहसचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा होम गुरुङ तथा महिला सदस्यमा मधु चापागाईं, टौसेवा गुरुङ, सुनिता नेपाली र सपना परियार चयन भएका छन् ।

भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, लमजुङबाट टसबहादुर गुरुङ, तनहुँबाट विष्णु पराजुली, बागलुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाईं, नवलपुरबाट विष्णुकुमार वाग्ले, पर्वतबाट सरस्वती लामिछाने र गोरखाबाट विकास नेपाली सदस्यमा चयन भएका छन् ।

यस्तै खुला सदस्यमा प्रकाश बराल, सन्दीप परियार, कृष्ण गैरे, टेक क्षत्री, विक्रम गुरुङ, धिरन थापा र ज्ञानेश्वर सुवेदी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले लोक सङ्गीतको उत्थान र कलाकारको हितमा आफू सक्रिय रहने बताए । समितिको कार्यकाल तीन वर्षको हुन्छ । रासस