१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट संघको बैठक: अध्यक्ष चन्दको लिखितरुपमै राजीनामा माग



अ+ अ-

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरिएको छ । मंगलबार सुरु भएको कार्यसमितिको बैठकको सुरुमै सात जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

बैठकमा सात जनाको तर्फबाट ऋषिराज गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाउनुभयो । पत्रमा नेपाल टि–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि अध्यक्ष चन्दको राजीनामा माग गरेको उल्लेख गरिएको छ । राजीनामा माग गर्नेहरुमा केन्द्रीय सदस्य गौतमसँगै करण महतरा क्षेत्री, सञ्जयराज सिंह, दाउद अन्सारी, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहनुभएको छ ।

पोखरामा जारी बैठकमा राजीनामा माग गर्नेमध्ये छ जना बैठकस्थलमा हुनुहुन्छ । एकजना पाण्डे अस्वस्थताका कारण बैठकमा उपस्थित नभए पनि पत्रमा हस्ताक्षर गर्नुभएको छ ।