३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरली विजयले लिए सन्न्यास



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि–२० खेलेका ब्याटर मुरलीले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका हुन् ।

मुरलीले २००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा भएको टेस्टमा डेब्यू गरेका थिए । उनले हालसम्म १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन् ।

मुरलीले २०१३ मा हैदराबादमा भएको अष्ट्रेलियाविरुद्धको खेलमा करियरकै उत्कृष्ट १ सय ६७ रनको शतकीय इनिङ खेलेका थिए । उनले अन्तिम खेल पनि २०१८ डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध नै खेलेका थिए ।

यस्तै, मुरलीले ओडिआईमा भने २०१०मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । उनले त्यसै वर्ष टि–२० आईमा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए ।

त्यसैगरी, २०१० को आइपिएलमा चेन्नई सुपर किंग्सबाट खेलेका मुरलीले राजस्थान रोयल्सविरुद्ध ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए ।