२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरली विजयले लिए सन्न्यास



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि–२० खेलेका ब्याटर मुरलीले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका हुन् ।

मुरलीले २००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा भएको टेस्टमा डेब्यू गरेका थिए । उनले हालसम्म १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन् ।

मुरलीले २०१३ मा हैदराबादमा भएको अष्ट्रेलियाविरुद्धको खेलमा करियरकै उत्कृष्ट १ सय ६७ रनको शतकीय इनिङ खेलेका थिए । उनले अन्तिम खेल पनि २०१८ डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध नै खेलेका थिए ।

यस्तै, मुरलीले ओडिआईमा भने २०१०मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । उनले त्यसै वर्ष टि–२० आईमा अफगानिस्तानविरुद्ध डेब्यू गरेका थिए ।

त्यसैगरी, २०१० को आइपिएलमा चेन्नई सुपर किंग्सबाट खेलेका मुरलीले राजस्थान रोयल्सविरुद्ध ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए ।