११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

कोरोना रोग प्रधानमन्त्री ओलीको प्रेमिका जस्तो : सांसद बिडारी

कोरोना रोग प्रधानमन्त्री ओलीको प्रेमिका जस्तो : सांसद बिडारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरुले दुख पाएको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको बताउनुभयो । 

राष्ट्रपतिको मुख्यकाम प्रधानमन्त्री नियुक्त गर्नु भएपनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ । अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । 

प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ । यसका निम्ति साइबरे सरकारीहरु सरकारी साधनमार्फत् व्यापक प्रचार गर्छन् । नेपालीलाई कोरोनाले छुँदैन । छोएपनि बिरामी हुँदैन । बिरामी भएपनि मर्दैन । यस्तो भनेर परिणामत के आयो भने अक्सिजनको अभाव भयो । औषधिको अभाव भयो । अस्पतालको अभाव भयो । भेन्टीलेटरको अभाव भयो । राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु हो । तर गणतन्त्रको प्रतिकबाट संवैधानिक काम भएन । देश अस्तव्यस्त भयो ।’

राष्ट्रिय सभामा बोल्ने सबै सदस्यहरुले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा आफ्नो धारणा तथा विचारहरु राख्नुभएको थियो ।