२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय



अ+ अ-

जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहितको धरौटीमा रिहाइको आदेश पुस २८ गते गरेको थियो । उक्त आदेश प्रचलित कानुनविपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आदेशउपर सर्वोच्च जाने निर्णय भइसकेको बताउनुभयो । रेग्मीले भन्नुभयो, “सर्वोच्च जाने निर्णय भइसकेको छ, मस्यौदालाई अन्तिम रूप दिएर एकरदुई दिनमै सर्वोच्चमा दर्ता गर्छौं ।’’

उच्च अदालतले प्रचलित कानुन र स्थापित नजिरविपरीत लामिछानेलाई धरौटीमा राखेर पुर्पक्षको प्रक्रिया अघि बढाउन आदेश गरेको महान्यायाधिवक्ता कार्यालयको निष्कर्ष छ । उच्च अदालतले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपियाँ धरौटीमा रिहाइको आदेश गरेको थियो । अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते रिहा हुनुभएको थियो ।

उच्चले जिल्लाको आदेश बदर गर्दै सर्त नमाने तत्काल निष्क्रिय हुनेगरी धरौटीमा रिहाइको आदेश दिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले थुनामै राख्नुपर्ने निर्विकल्प अवस्था नरहेको, पीडितको बकपत्र भइसकेको, बकपत्र बदल्नका लागि परिस्थिति सिर्जना गर्ने अवस्थासमेत नरहेकाले धरौटीमा रिहाइको आदेश दिएको थियो । गोरखापत्र दैनिक




भर्खरै