• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

सन्दीपविरुद्ध सर्वोच्च जाने निर्णय



जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो ।

जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले सन्दीपलाई सर्तसहितको धरौटीमा रिहाइको आदेश पुस २८ गते गरेको थियो । उक्त आदेश प्रचलित कानुनविपरीत रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले आदेशउपर सर्वोच्च जाने निर्णय भइसकेको बताउनुभयो । रेग्मीले भन्नुभयो, “सर्वोच्च जाने निर्णय भइसकेको छ, मस्यौदालाई अन्तिम रूप दिएर एकरदुई दिनमै सर्वोच्चमा दर्ता गर्छौं ।’’

उच्च अदालतले प्रचलित कानुन र स्थापित नजिरविपरीत लामिछानेलाई धरौटीमा राखेर पुर्पक्षको प्रक्रिया अघि बढाउन आदेश गरेको महान्यायाधिवक्ता कार्यालयको निष्कर्ष छ । उच्च अदालतले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपियाँ धरौटीमा रिहाइको आदेश गरेको थियो । अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते रिहा हुनुभएको थियो ।

उच्चले जिल्लाको आदेश बदर गर्दै सर्त नमाने तत्काल निष्क्रिय हुनेगरी धरौटीमा रिहाइको आदेश दिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले थुनामै राख्नुपर्ने निर्विकल्प अवस्था नरहेको, पीडितको बकपत्र भइसकेको, बकपत्र बदल्नका लागि परिस्थिति सिर्जना गर्ने अवस्थासमेत नरहेकाले धरौटीमा रिहाइको आदेश दिएको थियो । गोरखापत्र दैनिक