४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापतिमा पुनः रवि लामिछाने चयन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्तिसँगै लामिछानेलाई आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सभापतिको जिम्मेवारी दिएको हो ।

लामिछानेलाई सभापति चयनका लागि रास्वपाका आज छोटो समयमा तीन बैठक बसेको छ । पहिलो बैठकमा रविलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरि पारित गरिएको थियो । यस्तै, दोस्रो बैठकमा सभापति प्रस्ताव गरीएको थियो भने तेस्रो बैठक रविको सभापतित्वमा जारी छ ।