२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतिकको स्थानमा केजीएफ स्टार यश रावण बन्ने



अ+ अ-

एजेन्सी । चलचित्र निर्माता नितेश तिवारी केही दिनयता रामायणमा पौराणिक चलचित्र बनाउने तयारीमा छन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छ, जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई अप्रोच गरिएको थियो ।

तर पछिल्लो रिपोर्ट अनुसार यसमा ऋतिक रोशन नभई केजीएफ स्टार यशले रावणको नेगेटिभ भूमिका निभाउनेछन् ।

पिंकभिल्लाको हालैको रिपोर्ट अनुसार ऋतिक रोशनले रामायणमा बन्ने फिल्मको प्रस्ताव अस्वीकार गरेका छन् । ऋतिक अब नकारात्मक भूमिका खेल्न चाहँदैनन् । यसअघि रिलिज भएको फिल्म विक्रम वेधामा पनि ऋतिकले नकारात्मक भूमिका खेलेका थिए र उनी अर्को नकारात्मक भूमिका खेल्न चाहँदैनन् ।

ऋतिक रोशनले प्रस्ताव अस्वीकार गरेपछि, नितेश तिवारी र निर्माता मधु मन्टेनाले अब केजीएफ स्टार यशलाई भूमिका प्रस्ताव गर्ने निर्णय गरेका हुन् । निर्माताले फिल्मको स्क्रिप्ट पनि यशलाई हस्तान्तरण गरिसकेका छन् । रिपोर्टका अनुसार यशले स्क्रिप्ट रिडिङ सुरु गरिसकेका छन् । उनीसँग ४–५ फिल्मको स्क्रिप्ट छ, त्यसैले रामायणको रावण अब यश बन्न सक्छन् ।