१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर रू तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो । हिमालयन ऊर्जा विकास कम्पनी रू नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एशिया बैंकको रू सात करोड १३ लाख १८ हजार तीन सय एक, आँखु खोला जलविद्युत् कम्पनीको रू छ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स छ दशमलब शून्य नौ, सिभिल लघुवित्त छ दशमलब शून्य आठ, सूर्योदय बोमी लघुवित्त पाँच दशमलब २८, ग्रीनलाइफ इन्स्योरेन्स पाँच दशमलब शून्य सात र गणपति लघुवित्तका लगानीकर्ताले चार दशमलब ६८ प्रतिशतले गुमाएका छन् । रासस