२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ६८ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६८ दशमलव ५३ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८३ अङ्कले ओरालो लागेर चार सय १० दशमलब ३१ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

कारोबार भएकामध्ये कूल ४८ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने एक सय ६१ कमपनीको मूल्यमा गिरावट भएको छ । त्यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर रू तीन अर्ब एक करोड ७० लाख ६३ हजार नौ सय ५६ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब २९ अर्ब ३० करोड ८५ लाख एक सय ७४ पुगेको छ ।

कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु नौ करोड ९९ लाख चार हजार तीन सय ९२ बराबरको कारोबार भयो । हिमालयन ऊर्जा विकास कम्पनी रू नौ करोड २१ लाख १८ हजार सात सय ४२, एनआइसी एशिया बैंकको रू सात करोड १३ लाख १८ हजार तीन सय एक, आँखु खोला जलविद्युत् कम्पनीको रू छ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू छ करोड ६२ लाख ४७ हजार सात सय ९३ बराबरको शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्योज्योति लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स छ दशमलब शून्य नौ, सिभिल लघुवित्त छ दशमलब शून्य आठ, सूर्योदय बोमी लघुवित्त पाँच दशमलब २८, ग्रीनलाइफ इन्स्योरेन्स पाँच दशमलब शून्य सात र गणपति लघुवित्तका लगानीकर्ताले चार दशमलब ६८ प्रतिशतले गुमाएका छन् । रासस