४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेले लिए नेपाली नागरिकता(भिडियोसहित)



अ+ अ-

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो । सर्वोच्चले दोषी ठहर गरेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए ।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले चितवन-२ बाट दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।