• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

आज साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढि तोलामा १ लाख ६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै , आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकेको थियो।