२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दुई वटा सैनिक विमान एकआपसमा ठोक्किएर दुर्घटना



अ+ अ-

एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ ।

मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए ।

एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए ।

गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । त्यस अघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।