७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । मङ्गलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ । त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ७९पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ६९ पैसा तोकिएको छ। 

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ २७ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा तोकिएको छ।