१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

विवाह किन गर्ने ?

विवाह किन गर्ने ?
representative photo of marriage
अ अ+ अ-

प्रकृति र संस्कृतिअनुसार विवाह गर्नुपर्छ । सृष्टिको नियम, भगवान्को निर्देश, समयको संस्कृतिले मानिसलाई विवाह गराउँछ ।

वंश र समाजलाई निरन्तरता दिन विवाहले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विवाह नै परिवारको जरा हो, समाजको आधार हो, प्राणीहरूले निरन्तरता पाउने चक्र हो । महादेवसँग पार्वतीको, विष्णुसँग लक्ष्मीको, बुद्धसँग योधराको, पारुहाङसँग सुम्निमाको विवाह भयो । पुरुषमा बीजशक्ति हुन्छ, स्त्रीमा प्रकृति शक्ति अर्थात् उत्पादन क्षमता हुन्छ जसले सृष्टि गर्छ ।

पुरुषमा बीजशक्तिले गर्भधारण गराउँछ, स्त्रीको प्रकृति शक्तिले त्यसलाई लिएर जन्माउँछ वा उत्पादन गर्छ । हरेक कार्य सम्पन्न गर्न प्रकृति र पुरुषको आवश्यक पर्छ चाहे मन्त्रमा होस् वा मानवमा । देवीदेवताको विवाह सन्तान जन्माउन होइन जगत् चलाउनका लागि हुन्छ । उनीहरूको दिव्य र प्रकाशित शरीर हुन्छ । मोह र कामवासनाले उनीहरुलाई असर गर्दैन यसकारण सन्तान जन्मदैनन् ।

अन्य प्राणीको विवाह कामबासना र वंशपरम्परालाई जोगाउन हुन्छ । विवाहले प्राणीलाई लक्ष्मीनारायण वा उमामहेश्वर हुन् सिकाउँछ, जीवनको पाठ पढाउँछ, धर्मलाई बचाउँछ, संस्कृतिलाई जोगाउँछ, कुल र मूललाई निन्तरता दिन्छ, सामाजिक बताउँछ । विद्वान्, नेता, प्रोफेसर, वैज्ञानिक, डाक्टर आदि विवाहकै गर्भमा हुन्छन् । विवाहले चारवटै आश्रमहरूलाई रक्तसञ्चार गराउँछ । विवाहलाई गृहस्थ आश्रमको शैशव अवस्था भनिन्छ ।

विवाहितले धेरैतिर असर पार्ने हुँदा चिना जुराएर कुटमिलनमा १८ वा सोभन्दा बढी आएपछि दाम्पत्य जीवनमा प्रवेश गर्दछन् । माङ्गलिक दोषमा रोगी, षड्अष्टक परे झगडा, नाडी दोष र नवपञ्चक परेमा बच्चामा समस्या आउन सक्छ । कस्तो कुल, वातावरणमा जन्मियो, उमेर र स्वभाव कस्तो छ, ग्रह र भूगोलले के सन्देश दिन्छ विचार गरिन्छ । विवाहले सम्बन्धलाई मात्र होइन भविष्यलाई जन्माउने हुँदा बहुआयामिक पक्षबाट चिन्तन गरिन्छ । विशेषरूपेण वाह्यते अनेनेति विवाहः अर्थात्, विशेषरूपले वहन गरिने जिम्मेवारीलाई विवाह भनिन्छ ।

नेपालीमा उखान छ– “गोरु जोतेपछि, सन्तान विहेपछि थाहा हुन्छ” । त्यसैले होला विवाहमा वेहुलो अन्माउँदा आमा रुन्छिन् रे । बुहारी लिन जाँदा शुभ साईतका लागि दही खुवाएपछि छोराको माया आमासँग कम, सिन्दूर हालेपछि छोरीको सम्बन्ध माइतीसँग मौन हुन्छ । विवाहले परिपक्क बन्न, जिम्मेवारी निभाउन, पूर्वजन्मको कर्मले मिलेको साथीसँग सहयात्रा गर्न बाध्य गराउँछ ।

पत्नीं मनोरमां देहि मनोवृत्यनुसारिणीम् ।
तारिणी दुर्गसंसार सागरस्य कुलोद्भवाम् ।।
–दुर्गासप्तशती

अर्थात्, “हे माते  मेरो मनले सोचेअनुसार चल्ने, कुललाई उद्धार गरी पितृलाई तारण गर्न सक्ने श्रीमती दिनुहोस्” । समान आचरण, लक्ष्य, विचार भएका वर÷वधू बीच विवाह गरिन्छ । वरितुं योग्य वर अर्थात् वरण गर्न उपयुक्त पुरुषलाई वर भनिन्छ । विहेको दिनमा ऊभन्दा योग्य, आदर्श र उत्तम अरू हुँदैनन् । विवाहको दिन हरेकको परिचय उनीहरूसँग जोडिन्छन् । जस्तै दुलाहाको बुबा, दुलाहाकी आमा, दुलाहाकी दिदी, दुलाहाको भाइ आदि ।

विवाहमा बुबाले छोरीको विधिवत् पूजा गरी गोत्र परिवर्तन गरिदिन्छन् । अब तिमी शिक्षा, उमेर र संस्कारले समर्थ भएर जुन घरमा जाँदै छौ त्यहाँ अनुशासन र कर्तव्यलाई ध्यान दिई सबैलाई आफ्नो बनाउन भनी बिदा गरिन्छ । योग्य बेहुलीलाई वधू भनिन्छ । वध बन्धने धातुको अर्थ बाध्नु हो । वध्नाति वरं÷पतिं धारयति स्वरूपं इति वधू अर्थात् पतिदेवमा पूर्णरूपले समर्पित भई परिवारलाई खुशी पर्दै, प्रेमले बाँधेर प्रसन्न राख्छिन् ।

आर्य संस्कार भएकी वैदिक जीवनमा जिउने कन्यालाई वधू भनिन्छ । माइतीले बिदा गर्ने समयमा असल व्यवहार देखाएर सासु, ससुराको प्यारी देउरानीजेठानीमा सर्वश्रेठ बनेर रहूँ भनी आशीर्वाद दिन्छन् । विदेश पलायन, पश्चिमाको आक्रमणले वैदिक विवाहका पद्धति र मर्यादा विस्तारै अवसानमा पुगेका छन् । दाम्पत्यजीवनलाई एक चुस्की चियाबाट सुरु गराउँदै चिया पिउन नपाउँदै टुङ्ग्याइन्छ । याज्ञवल्क्यस्मृतिमा भनिएको छ–

एतैरेव गुणैर्युक्तः सवर्णः श्रोत्रियो वरः ।
यत्नात्परीक्षित पुंस्त्वे युवा धीमान्जनप्रियः ।।

यसैले वर र कन्याको योग्यता, दक्षता, पेशा, लक्ष्य आदिलाई मिलाएर विहे गराउनुपर्छ । शास्त्र र सामाजिक मर्यादामा रही विहे गर्दा पारपाचुके, वैमनस्य, बन्ध्या, झमेला थिएन । वेदव्यासले महाभारतमा भन्नुभएको छ–“सन्तोषः त्रिषु कर्तव्य स्वदारे भोजने धने” अर्थात्, आफ्नी श्रीमतीमा, सत्कर्मले कमाएर पकाएको भोजनमा र धन यी तीन विषयमा सधैँ सन्तोष गर्नु ।

अर्काको हेरेर कहिल्यै डाह नगर्नु । “तातै खाऊँ जली जली मरौँ” भन्ने प्रकृतिको विहेले परिवार उजाडिएको छ, सम्बन्धमा तिक्तता पैदा गरेको छ । राम्रो देशमा जान पाए, आर्थिक अवस्था राम्रो भए, कुनै लाभ देखेमा संस्कार र धर्म विचार नगरी विवाह गर्ने क्रम बढ्दो छ । मन नमिल्दा यस्ता विवाहले चाडपर्व वा कुलपूजासँगै झगडा निम्त्याउँछन् । अन्तरजातीय र अन्तर धर्मको विवाह एकाधबाहेक चाँडै टुङ्गिएका छन् । कुलपूजा, पर्व र धार्मिक संस्कारमा यिनीहरूले स्थान पाउँदैनन् । परिवारले हेर्ने दृष्टि, समाजले गर्ने व्यवहार, आफन्तले देखाउने श्रद्धामा फरक पर्दै गएपछि केटाकेटी बिचमै मनमुटाव हुन्छ र विवाहको विसर्जन हुन पुग्छ ।

कुलं च शीलं च वपुर्यशश्च विद्यां च वित्तं च सनाथतां च ।
एतान्गुणान्सप्त परीक्ष्य देया कन्या बुधैः शेषमचिन्तनीयम् ।।

अर्थात् “वर वधूको कुल, शील, स्वभाव, शरीरको उचाई, पढाईको स्तर, आर्थिक अवस्था, गोत्र वा वर्णलाई मिलाएर मात्र बुद्धिमान्ले विहे गर्नु, गराउनुपर्छ” । विहे एउटै परिवार वा वंशजभित्र नपरोस् भनेर गोत्रको व्यवस्था गरियो । एउटै गोत्रभित्र विहे गर्दा वैज्ञानिक, सामाजिक र धार्मिक दृष्टिले अशोभनीय मानिन्छ । आफ्नो विद्यार्थी वा गुरुका सन्तानसँग पनि विवाह गराउन हुँदैन । सन्तान दुई प्रकारका हुन्छन् ।

क) औरसवंश
बुबाआमाले अर्थात् छाती छोडेर जन्माएका सन्तानलाई औरसवंश भनिन्छ । पितापुर्खाबाट प्राप्त गोत्र र सम्पत्ति यस्ता सन्तानले स्वतः रूपमा पाउँछन् । उनीहरूको पालनपोषण, शिक्षा–दीक्षा र विवाहसम्मको जिम्मा बुबा–आमाले लिन्छन् ।

ख) वचनवंश
गुरुले शिक्षा, दीक्षा, सीप, अनुभव दिएर सक्षम बनाएका आफ्नो वा भिन्न थर, गोत्रका सन्तानलाई वचन (नाद)वंश भनिन्छ । शिष्य बनाएर गुरूपरम्परा वा सम्प्रदायपरम्परालाई निरन्तरता दिने कार्य नादवंशले गर्दछन् ।

वंशलाई संरक्षण गर्न विवाह वा दीक्षा शास्त्रपूर्वक हुनुपर्छ अन्यथा वर्णसङ्कर जन्मन्छन् । भगवान् श्रीकृष्णले गीता (१।४२)मा भन्नुभएको छ– वर्णसङ्करले चढाएको पिण्ड पानी पितृहरूले पाउँदैनन्, कुल परम्परामा नोक्सान हुन्छ । परम्परा, इतिहास, संस्कृति र धर्म पुस्तान्तरण र हस्तान्तरण होस् भनी विवाहमा चिना जुराउनुपर्दछ गोत्र मिलाउनुपर्दछ । अभिभावक, नातेदार, छिमेकी आदिले विवाह गराउन महत्वपूर्ण भूमिका खेल्दछन् । आफ्नो परिवार, छिमेकमा राम्रो मानिस आओस् भनी विवाहलाई अनेक दृष्टिले हेरिन्छ । सूर्य उत्तरायण हुँदा विवाहका लागि उत्तम हुन्छ ।

श्रावण महादेवको महिना हो जसले निवृत्तमार्गमा लाग्न प्रेरणा दिन्छ । विवाह प्रवृत्त हुने कर्म भएकाले मुक्ति र त्यागको साधना गर्ने महिनामा विवाह गरिँदैन । कार्तिकमा सूर्य निच हुन्छन् । पुष र चैत्र महिनाका अधिपति गुरु हुन्छन् । गुरुको कार्य शारीरिक सम्बन्ध होइन चेतना वृद्धि गर्ने भएकाले विवाह गरिँदैन । विवाहमा पाँचवटा केराको खम्बाबाट जगिया बनाइन्छ । पञ्चतत्त्वबाट शरीरको निर्माण हुन्छ बेहुला र बेहुलीमा शारीरिक ऊर्जा अधिक होस् भन्ने प्रतीकात्मक अर्थ दिन्छ ।

पूर्व दिशामा गाडिएको तीनवटा केराको खम्बाले ब्रम्हा, विष्णु, महेश्वरको बोध गराउँछ । बेहुलीको बुबाले कपाल खौरिएर छोरीको गोत्र परिवर्तन गरेको संकेत गर्छन् । यही दिनबाट बेहुलाले ससुरालीका तीन पुस्ताभित्रका पितृलाई पितृकार्यमा संझनुपर्छ । जुठो, सुत्केरो वार्नुपर्छ । सनातन धर्मले एकअर्कोलाई कसरी सम्मान गर्छ यो अनुकरणीय उदाहरण हो ।

ससुराली, मामली, फूपू, फूपाजूसमेतलाई संझेर पिण्ड, पानी दिने कार्यलाई एकताको बिगुल फुकेको छ । यिनै संस्कारले नेपालीसमाज बलियो थियो, हाम्रा नातामा आत्मीयता थियो ।
वर वधूको खुट्टाको पानी खाएर दुबैलाई विष्णु र लक्ष्मीको सम्मान दिन्छन् । तामाको भाँडामा कुल्चने अधिकार विवाहको दिनमा मात्र हुन्छ । तामा, सुन आदि धातुहरू पवित्र एवं देवीदेवताका स्वरूप मानिन्छन् ।

खुट्टाको पानी खाने बाध्यता होइन श्रद्धा हो, लक्ष्मी र विष्णुको दर्शन हो । वीरेन्द्र सरकारको निधनमा हजारौँ युवाहरूले कपाल खौरिएर शोक व्याक्त गरे । अटलविहारी वाजपेय भारतका परराष्ट्रमन्त्री हुँदा नेपालको भ्रमणका क्रममा वीरेन्द्रलाई ढोगिदिए । यस घटनालाई लिएर भारतमा समेत कडा टिकाटिप्पणी भयो । कुश हातमा लिएर दियो, कलशलाई साक्षी राख्दै कन्याको बुबा आमाले छोरीलाई हस्तान्तरण गरिदिन्छन् ।

श्रद्धा, धर्मको निर्देश, परम्पराको प्रचलनलाई सतहीरुपमा व्याख्या गर्न हुँदैन । कुश पवित्र र ऊर्जाशील भएकाले दुबैको जीवनमा सुख, कुशाग्र वुद्धिका सन्तान जन्माउन सकून् भन्ने कामना गरिन्छ । विहेमा वर–वधूलाई रातो कपडा विछ्याएर राखिन्छ । रातो ऊर्जाको कारण हो, अर्कोतिर कन्याको महिनावारी भएमा विवाह रोकिन सक्छ । कन्यालाई लक्ष्मीको रुपमा हेरिने हुँदा नछुन भए पनि विवाह गराइन्छ ।

विवाहको दिन अग्नि नजुरे पनि होम हाल्न मिल्छ, अन्नमा टेक्न हुन्छ, बत्तीमा कुञ्चन मिल्छ किनकि उनीहरूलाई विष्णु र लक्ष्मीको स्वरूप मानिन्छ । बिहेमा खेलिने जुवाले, जूठो खुवाउने, उचालेर ठाउँ साँट्ने कार्यले आत्मीयता बढाउन सहयोग गर्छ । अबदेखि हाम्रो साथ र श्वास एउटै हो भन्ने कुरालाई प्रष्ट पार्दछ ।

विवाहपछि श्रीमान् र श्रीमतीसँगै बस्दा, हिँड्दा, सन्तान जन्माउँदा कुरा काटिँदैन । साथै बसेर धार्मिक अनुष्ठानसँगै गर्नुपर्छ सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ । तनु विस्तारे धातुमा ‘सम्’ उपसर्ग लागेपछि सन्तान शव्द बन्दछ । राम्रोसँग फैलनु अर्थात् विस्तार हुनुलाई सन्तान भनिन्छ । सन्तान समाजको अभिन्न अ∙ हो, समस्या निवारण गर्ने औषधि हो । विवाहका जन्तीहरु सामाजिक साक्षी हुन् ।

सन्तानलाई तिम्रा बुबाआमा यी हुन् भन्ने कानुनी आधारका लागि जन्तीको आवश्यकता पर्छ । धर्म र समाजका लागि विवाह वास्तवमा मुटु र फोक्सो जस्तै महत्वपूर्ण हुन्छन् । बिहे गर्न घर, समाज तयार नहुँदा कोटम्यारिज (अदालती विहे) गर्ने चलन छ । मागी विवाहमा लग्नपत्रिका लेखिन्छ । शास्त्रसम्मत जीवनका लागि ‘लग्नपत्रिका’ महत्वपूर्ण छ । लग्न पत्रिकालाई जगियामा च्यात्नुहुँदैन सुरक्षित रूपमा राख्नुपर्दछ ।

स्वयम्बर र सिन्दूर लगाउने उचित समय कीटान गरेर लेखिएको प्रणयसूत्रमा बाँधिएको शुभ समयको जानकारी दिने धार्मिक दस्तबेज नै लग्नपत्रिका हो । धर्मलाई आधार मानेर आकाशीय पिण्डको प्रभावलाई ध्यानमा राखेर जीवन जीउने पक्का भएको जानकारी दिन लिपिबद्ध गरेको पत्र हो । वरले वधूलाई लग्नको समयमा ‘सिन्दूर’ लगाएर नयाँजीवनको प्रारम्भ गर्दछन् । सिन्दूर लगाउँदा भनिने– ॐ सुम∙लीरियं वधूरिमां समेत पश्यत । सौभाग्य स्यै दत्वायथास्तं विपरेतन मन्त्रले म∙लको कामना गरिन्छ । लग्न, सिन्दूर र जन्तीले बिहेका सामाजिक र आध्यात्मिक पक्षमा अत्यन्त महत्व राख्छन् ।

अस्थिर राजनीति, आर्थिक अभाव, विदेशी रोजगारले प्रविधिको दुरुपयोग आदिले विवाहको महत्वमा तुषारापात गरेको छ । बेहुलाबेहुलीको सम्बन्ध राष्ट्र र अन्ताराष्ट्रका सम्पत्ति हुन्छन् जस्तै लक्ष्मीप्रसाद देवकोटा, जङ्गबहादुर, अरनिको, सीता आदि बाबु र आमाका मात्र निजी सम्पत्ति होइनन् ।

विवाहप्रतिको हेलचक्रयाईले, परिवार समाज र संस्कृतिमा चोट पु¥याउने भएको छ । विधिपूर्वक विवाह गरी धर्म, संस्कृति, इतिहास र समाजलाई बचाऔँ । भविष्य, सन्तति र संस्कारलाई संरक्षित गर्दै धर्मलाई बचाऔँ । भूगोल, धर्म र इतिहास विरुद्धको विवाहले हरेक परिवार परिबन्धमा परेको छ, प्रत्येक समाजले समस्या भोगेको छ, सबै राष्ट्रहरुमा राष्ट्रियता कमजोर बनेको छ ।