५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

Latest
निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छः परराष्ट्रमन्त्री ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’ गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती ‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’ देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री फेसबुकसहितका समाजिक सञ्जालमा प्रतिवन्ध लाग्न सक्छः सञ्चारमन्त्री गुरुङ यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए



अ+ अ-

काठमाडौँ । आज पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । खेलअघि श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीका लागि नराम्रो खबर आएको छ ।

टोलीका तीव्र गतिका बलर लोकी फर्गुसन चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन् । हैदराबाद विरुद्धको खेलमा उनलाई गम्भीर चोट लागेको थियो, त्यसपछि उनी मैदानबाट बाहिरिएका थिए ।

‘लकी फर्गुसन अनिश्चित कालका लागि मैदान बाहिर छन् र प्रतियोगिताको अन्त्यसम्ममा उनी फर्कने सम्भावना धेरै कम छ । मलाई लाग्छ उनी गम्भीर चोटबाट ग्रसित छन् ।’ पञ्जाब किंग्सका बलिङ प्रशिक्षक जेम्स होप्सले मुल्लानपुर रंगशालामा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्धको खेल अघि भने ।

सनराइजर्स हैदराबादविरुद्धको छैटौं ओभरको दोस्रो बलमा फर्गुसनको देब्रे खुट्टामा चोट लागेको थियो । फिजियो आए र उनीसँग परामर्श गरेपछि, उनी ओभरको बीचमा मैदानबाट बाहिरिए र फेरि फर्किएनन् । यो खेल हैदराबादले ८ विकेटले जित्यो ।

२०२५ को आईपीएलमा लोकी फर्गुसन
पञ्जाब किंग्सले लिलामीमा फर्ग्युसनलाई २ करोड रुपैयाँमा किनेको थियो । उनी आइपीएल इतिहासमा दोस्रो सबैभन्दा फास्ट बलर हुन्, जसले गुजरात टाइटन्सबाट खेल्दा १५७.३ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेका थिए । केही दिन अघि कप्तान श्रेयस अय्यरले पनि उनी टोलीको लागि एक महत्वपूर्ण बलर भएको बताएका थिए ।

आईपीएल २०२५ मा खेलेका ४ खेलमा उनले ६८ बल बलिङ गरेका छन्, जसमा उनले ९.१८ को इकोनोमीमा १०४ रन दिएका छन् । उनको नाममा ५ विकेट छन् । आईपीएलको कुरा गर्दा, उनले २०१७ देखि ४९ खेलमा ५१ विकेट लिएका छन्, उनको उत्कृष्ट स्पेल २८ रनमा ४ विकेट लिनु हो ।