५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ?



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत ३१ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस)ले कोलकाता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजे महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशाला, मुल्लानपुरमा सुरु हुनेछ । जारी सिजनमा दुबै टोलि पहिलोपटक आमनेसामने हुँदैछन् ।

डिफेन्डिङ च्याम्पियन कोलकाताको यो सातौं खेल हुनेछ । टोलीले ६ मध्ये ३ जित र ३ मै हार बेहोरेको छ । अर्कोतर्फ, यो पञ्जाबको छैटौं खेल हुनेछ । टोलीले ५ खेलमध्ये ३ खेल जित्दा २ खेलमा हार ब्यहोरेको छ ।

हेड टु हेड
कोलकाता पञ्जाबमाथि हाबी छ । दुई टोलीबीच अहिलेसम्म कूल ३३ आईपीएल खेल खेलिएको छ । कोलकाताले २१ र पञ्जाबले १२ मा जित हासिल गरेको छ । यद्यपि, पछिल्ला ५ खेलमा पञ्जाबले ३ जितसहित थोरै अग्रता लिएको छ । जबकि, कोलकाताले दुई पटक मात्र जित हासिल गरेको छ ।

पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ५ खेलमा कुल २५० रन बनाएका छन् । सिजनको पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अविजित इनिङ खेलेका थिए । बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ५ खेलमा ७ विकेट लिएका छन् ।

कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ६ खेलमा कुल २०४ रन बनाएका छन् । आफ्नो डेब्यू खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाए । बलिङमा, वरुण चक्रवर्तीले ६ खेलमा ८ विकेट लिएका छन् ।

कस्तो छ पिच ?
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याट्सम्यानका लागि धेरै सहयोगी साबित हुन्छ । उच्च स्कोरिङ खेलहरू यहाँ देख्न सकिन्छ । यहाँ अहिलेसम्म ७ वटा आईपीएल खेल भइसकेका छन् । ४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ३ खेलमा पछ्याउने टोलीले जितेको छ । यहाँको उच्चतम टोली स्कोर २१९–६ हो, जुन पञ्जाबले चेन्नई सुपर किंग्स विरुद्ध अन्तिम खेलमा बनाएको थियो ।

मंगलबार मुल्लानपुरको मौसम धेरै गर्मी हुनेछ । आज यहाँ धेरै घाम लाग्नेछ । पानी पर्ने सम्भावना छैन । तापक्रम २४ देखि ३८ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलिका सम्भावित सुरुवाती–११
पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सूर्यांश शेडगे, मार्को यानसेन, जेभियर बार्टलेट, युजवेन्द्र चहल, अर्शदीप सिंह ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, रिंकु सिंह, मोइन अली, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती ।